close

कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं- कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

इजरायलको किब्बुज अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्य विपिन पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा विपिनको अवस्थाबारे अहिलेसम्म यकिन गर्न नसकिएको उल्लेख छ । प्रवक्ता लम्सालले विपिनसँग सम्पर्क गर्ने प्रयास भइरहेको र उद्दारका लागि विभिन्न निकायसँग समन्वय गरिने बताए । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए