close

नक्कली नोटसहित दुई महिला पक्राउ

नक्कली नोटसहित दुई महिला पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौँ- नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुङ्गा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शङ्खरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।