close

४ स्थानीय तहमा बिहीबार बिदा

४ स्थानीय तहमा बिहीबार बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं- हरिबोधिनी एकादशीको अवसरमा नवरपरासी, बागलुङ र भक्तपुरका ४ स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् । 

बागलुङको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै बिदा दिने दिइएको उल्लेख गरेका छन् ।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका र नवरपरासीको हुप्सीकोट गाउँपालिकामा पनि भोलि बिदा हुने भएको सूचनामार्फत स्थानीय तहले जनाएका छन् । 

भक्तपुर-४ मा अवस्थित विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा एकादशी मेला लाग्ने भएकोले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।