close

सिराहा नगरपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

सिराहा नगरपालिकामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

Trulli
ADVERTISEMENT

सिरहा- सिराहा नगरपालिका-१९ सन्हैठामा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किँदा हुँदा तीन युवकको मृत्यु भएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश२-०१-००१प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएका छन् ।