close

गुलरियामा आगलागी हुँदा एकैपरिवारमा ४ जनाको मृत्यु

गुलरियामा आगलागी हुँदा एकैपरिवारमा ४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

बर्दिया- गुलरिया नगरपालिकामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त  घाइते भएको प्रहरीले जनाएको छ ।

गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।