close

घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते

घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते

Trulli
ADVERTISEMENT

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । 

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।