close

पाख्रीबास-६ का वडाध्यक्षको घरमा आगजनी

पाख्रीबास-६ का वडाध्यक्षको घरमा आगजनी

Trulli
ADVERTISEMENT

धनकुटा- पाख्रीबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा शनिबाार राति आगलागी भएको छ । 

घरको तल्लो तलामा बाहिरबाट ढोकामा साँचो लगाएर आगो लगाइएको हुँदा घटना शंकास्पद रहेको पाख्रिबास नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए ।

नगरप्रमुखका अनुसार घरको माथिल्लो तलामा सुतेका परिवारका सबै सकुशल छन् भने  तल्लो तलाका तीन कोठा पूर्ण रूपमा क्षति पुगेको छ । 

छिमेकीले उनीहरुलाई  उद्धार गरेका थिए भने घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।