close

विद्युतीय रिक्सालाई टाइम कार्ड

विद्युतीय रिक्सालाई टाइम कार्ड

Trulli
ADVERTISEMENT

इटहरी- हिमाली जिल्लाबाछ तराई झर्ने र पूर्वश्चिम राजमार्ग भएको व्यापारिक व्यस्त सहर इटहरीमा विद्युतीय रिक्साका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उपमहानगरपालिकाले टाइम कार्ड लागु गरेको छ । 

इटहरीमा दैनिक तीन देखि चार हजार सफारी गुड्ने गरेका छन् । इटहरी चोकमा मात्रै दैनिक ३०० देखि ४०० सफारी यात्रुको प्रतीक्षामा घुम्ने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

इटहरीमा बढेको सफारीको भीडको ठुलो हिस्सा इटहरी बाहिर खास गरी सुन्दरहरैंचा, दुहबी र रामधुनी नगरपालिकामा दर्ता भएका सफारीहरूले ओगटेका उपमहानगरपालिकाले जनाएको छ । 

इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेलका अनुसार सफारी व्यवस्थापनका लागि टाइमकार्ड आवश्यक भएको हुँदा लागु गरिएको हो । ट्राफिक व्यवस्थापनसँगै बिमा नभएका रिक्सा र कागज पत्र नभएका सफारी हटाउनका लागि पनि टाइम कार्ड अनिवार्य भएको उनको भनाइ छ ।