close

बालबालिकालाई सामाजिक क्रियाकलापमा सहभागी बनाउन सहकार्य गर्ने

बालबालिकालाई सामाजिक क्रियाकलापमा सहभागी बनाउन सहकार्य गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– सहरलाई जीवन्त र चलायमान बनाउन, युवा र बालबालिकाहरुलाई सामाजिक क्रियाकलापबाट अन्तरघुलन गराउने कार्यक्रममा काठमाडौं महानगरपालिकाले साझेदारसँग सहकार्य गर्ने उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । आज व्रिटिस काउन्सिलका प्रतिनिधिहरुले रचनात्मक कला र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्न  महानगरपालिकासँगको सहकार्यका विषयमा राखेको प्रस्तावका कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । 

अहिले बालबालिका मोवाइलमा हराएका छन् । एकआपसमा थोरै कुरा गर्ने भएका छन् । उनीहरुलाई आपसमा बोलेर अन्तरक्रियात्मक बनाउने खालका क्रियाकलाप सञ्चालन गरौँ । यसका लागि माध्यम मोवाइल नै पनि हुन सक्छ । डंगोलले भनिन्, ‘सामुदायिक सिकाइ केन्द्र (सीएलसी) लाई सबै उमेर समूहका व्यक्ति सहभागी हुने ठाउँ बनाऔँ । वडा कार्यालयको अभिभावकत्वमा सञ्चालन गरौँ । यहाँ सामाजिक क्रियाकलाप सञ्चालन गरौँ ।’

बैठकमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले काउन्सिलले सञ्चालन गरेर नतिजा अनुमान गरेका केही कार्यक्रमलाई महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पुस्तकरहित शुक्रबार कार्यक्रमको पाठ्यक्रममा समावेश गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे । 
रचनात्मक सहरका विभिन्न कार्यक्रमलाई समावेशी र बालमैत्री बनाउन तथा युवा सहभागितालाई प्रबर्धन गर्न सहकार्यको सम्भावना देखिएको छ । बैठकको निष्कर्षका विषयमा जानकारी दिँदै पर्यटन महाशाखा प्रमुख एवं क्रियटिभ सिटीज नेटवर्ककी फोकल पर्सन श्रृजुमैयाँ प्रधानले चलचित्र क्षेत्रको विकास र प्रवर्धनका लागि आपसी बुझाइ र सिकाइ आदानप्रदान गरे मात्र पनि अध्ययन प्रतिवेदनको प्रारुप बन्न सक्ने बताइन् । 

बैठकमा काउन्सिलका प्रतिनिधि न्हुज तुलाधरले नेपालको सामाजिक विविधता, कला र संस्कृतिलाई परियोजनाबाट लैङ्गिकतामा केन्द्रीत गर्न काउन्सिलले सहयोग गरिरहेको बताए । सन् २०२४ मे महिनामा बेलायतको म्यानचेस्टरमा आयोजना हुने वुमन अफ द वल्र्ड कार्यक्रममा सहभागी उनले अनुरोध गरे। 

डिजिटल अभियान (क्यामरा सिक) जस्ता स्थापित कार्यक्रम, यस्ता कार्यक्रमबाट उत्पादन भएका श्रव्यदृश्यको प्रवर्धन, महानगरभित्रका भित्रका सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबार र सामुदायिक सिकाइ केन्द्र (सीएलसी) मा कार्यक्रम कार्यान्वयनको सम्भावना विषयमा कुराकानी भएको थियो ।