close

अनुसन्धान शोधवृत्तिका लागि आवेदन खुल्यो

अनुसन्धान शोधवृत्तिका लागि आवेदन खुल्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौँ महानगरपालिकाले महानगर रिसर्च फेलोसिप (अनुसन्धान शोधवृत्ति) का लागि आवेदन माग गरेको छ । 

आफूले अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ वर्षको अनुभव हुनेले आवेदन दिन सक्नेछन् । नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुति यिनै दुईमध्ये एक भाषामा तयार पार्नु पर्नेछ । आवेदकलाई उमेरका हद राखिएको छैन । यसमा १० जना शोधकर्ता छानिनेछन् । उनीहरुले ६ महिनामा शोध कार्य सम्पन्न गर्नुपर्नेछ । 

विविध विकास आयामहरुलाई एकीकृत गर्न तोकिएका विषयमा तथ्यमा आधारित नीतिगत तथा कार्यमूलक अनुसन्धान प्राप्त गर्नु कार्यक्रमको उद्देश्य हो । यसले आयोजनाहरुको पहिचान गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।