close

राफायल नाडाल फाइनलमा

राफायल नाडाल फाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै नाडाल फाइनल यात्रामा बढेका हुन् ।

फ्रान्सको पेरिसमा शुक्रबार राति भएको खेलको दोस्रो सेटको खेल दौरान लडेर घाइते भएर ज्वेभरेभले खेल त्यागेपछि नाडाल फाइनल पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ ले जितेका थिए । दोस्रो सेट भने ६–६ को स्थितिमा थियो ।

नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।