close

नेदरल्याण्ड्सको लगातार दोस्रो जित, वेल्स अंकविहीन

नेदरल्याण्ड्सको लगातार दोस्रो जित, वेल्स अंकविहीन

Trulli
ADVERTISEMENT

युइएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले लगातार दोस्रो जित निकालेको छ ।

लिगअन्तर्गत बुधबार राति समूह 'ए'को खेलमा नेदरल्याण्ड्सले वेल्सलाई २-१ ले हराएको हो ।

पहिलो खेलमा नेदरल्याण्ड्सले केल्जियमलाई पराजित गरेको थियो ।

वेल्सको कार्डिफ सिटी मैदानमा भएको खेलमा टेउन कोपमेइनर्सले ५०औं मिनेटमा गोल गर्द नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

नेदरल्याण्ड्स जित नजिक पुगिसकेको बेला वेल्सले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । नरिङटन डेभिसले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । तर इन्जुरी टाइमको चौथो मिनेटमा वेस वेघर्स्टले गोल गर्दै डच टोलीलाई २-१ को जित दिलाए ।

 नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । लगातार दोस्रो हारपछि वेल्स अंकविहीन छ ।