close

भारतमाथि दक्षिण अफ्रिका विजयी

भारतमाथि दक्षिण अफ्रिका विजयी

Trulli
ADVERTISEMENT

पाँच श्रृंखलाको पहिलो टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ ।

पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । विहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ६४ रनको योगदान गरे ।  भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक-एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।