close

फ्रान्स बराबरीमा रोकिँदा क्रोयसिया विजयी

फ्रान्स बराबरीमा रोकिँदा क्रोयसिया विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्स १-१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । 

समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्यो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे । यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए ।

समूहको अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई १-० अन्तरले पराजित  गर्‍यो  । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे । 

यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहँदा २ अंक बनाएको फ्रान्स पुछारमा छ ।