close

अमेरिका र  नेपालकाे खेल नाटकीय बराबरी

अमेरिका र  नेपालकाे खेल नाटकीय बराबरी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको म्याच टाइ भएको छ । 

अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा सम्पनन् खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अमेरिका पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनमै समेटिँदा म्याच बराबरीमा टुङ्गिएको छ । 

अन्तिम ओभर रोमान्चक बनेको थियो । अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालका लागि आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले ड्रामा देखियाे । सुरुवाती तीन बलमा अमेरिकाले १-१ रन जाेड्याे । चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै स्काेर बराबरी गर्दै जित नजिक पुगेकाे थियाे ।

तर, अन्तिम दुई बलमा नेपाल विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरे ।

पहिलो खेलमा ओमनसँग पराजय ब्यहोरेको नेपालले तेस्रो खेलमा मंगलबार राति ओमनसँग प्रतिस्पर्धा गर्नेछ।