close

कुवेतसँग नेपाल ४-१ ले पराजित

कुवेतसँग नेपाल ४-१ ले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ‘ए’मा नेपाल कुबेतसँग पराजित भएको छ । नेपाल घरेलु टोली कुवेतसँग शनिबार ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

घरेलु टोली कुवेतको फराकिलो जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । 

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ । नेपालले अंकको खाता खोल्न सकेको छैन । 

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।