close

पोर्चुगल स्विजरल्यान्डसँग पराजित

पोर्चुगल स्विजरल्यान्डसँग पराजित

Trulli
ADVERTISEMENT

युइएफए नेसन्स लिगमा पोर्चुगल स्विजरल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको छ । 

आइतबार रातिको खेलमा पोर्चुगल स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो ।

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बाँकी समय दुबै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

चोटका कारण रोनाल्डोले खेल गुमाएका हुन् । हारसँगै पोर्चुगलले समूह ए को शीर्षस्थानमा उक्लने मौका गुमायो । 

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अंकसहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ ।