close

जितसँगै स्पेन शीर्ष स्थानमा, नर्वेले स्विडेनलाई हरायो

जितसँगै स्पेन शीर्ष स्थानमा, नर्वेले स्विडेनलाई हरायो

Trulli
ADVERTISEMENT

यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे ।

खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका  थिए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २-० को जित दिलाए ।

जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ४ खेलमा ८ अंक जोडेको छ । चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

नर्वेको जित

नेसन्स लिगअन्तर्गत आइतबार राति भएको अर्को खेलमा नर्वेले स्विडेनलाई ३-२ अन्तरले पराजित गरेको छ ।

रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे । स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे ।

जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।