close

डेनमार्कको लगातार तेस्रो जित

डेनमार्कको लगातार तेस्रो जित

Trulli
ADVERTISEMENT

यूईएफए नेसन्स लिगमा डेनमार्कले लगातार तेस्रो जित हात पारेको छ ।

लिग 'ए' अन्तर्गत समूह ए मा रहेको डेनमार्कले सोमबार राति भएको खेलमा अष्ट्रियालाई २-० ले हरायो ।

घरेलु मैदान पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले २१औं र आन्द्रेस ओल्सनले ३७औं मिनेटमा गोल गरे ।

समूह ए मा चार मध्ये ३ खेल जितेको डेनमार्क ९ अंकसहित अंक तालिकामा शीर्ष स्थानमा छ ।

अष्ट्रेलिया ४ अंकसहित तेस्रो स्थानमा छ ।