close

टि-२० च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

टि-२० च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । 

मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले पराजित गरेको हो । जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अल आउट भयो । 

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २४ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २१ र इन्दु वर्माले २० रनको योगदान दिए। बलिङतर्फ भुटानको सोनम पाल्डोनले सर्वाधिक ४ विकेट लिँदा अञ्जु गुरुङ र टासी छेकीले समान १/१ विकेट लिए।

नेपालका लागि संगिता राईले ४ विकेट लिइन् । त्यस्तै कविता कुँवर र सीता राना मगरले समान २ विकेट लिँदा अस्मिना कर्माचार्य र इन्दु वर्माले समान १/१ विकेट लिए।

नेपालले अब १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २१ मा हङकङसँग खेल्ने तालिका छ।