close

एसीसी महिला टि-२० मा नेपाल ८ विकेटले विजयी

एसीसी महिला टि-२० मा नेपाल ८ विकेटले विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । एसिसी महिला टि-२० च्याम्पियनसिपमा नेपाल ८ विकेटले विजयी भएको छ । बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य ३.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो ।  

खेल निर्धारित समयअनुसार बिहान सवा ८ बजे सुरु हुनुपर्ने थियो । वर्षाको कारण समयमै सुरु हुन नसक्दा खेल ७ ओभरमा छोट्याइएको हो । 

नेपालकी अस्मिना कमाचार्यले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा २ रन खर्चेर २ विकेट लिइन् । सबनम राईले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् ।