close

नेपाल आज हङकङसँग खेल्दै

नेपाल आज हङकङसँग खेल्दै

Trulli
ADVERTISEMENT

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङसँग खेल्न लागेको हो । खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । नेपालले ३ खेलबाट ६ अंक जोडेको छ ।

नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछ ।