close

लुकाकुलाई लोनमा भित्र्याउँदै इन्टर मिलान

लुकाकुलाई लोनमा भित्र्याउँदै इन्टर मिलान

Trulli
ADVERTISEMENT

इटालीको क्लब इन्टर मिलानले बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुलाई एक सिजनको लागि लोनमा भित्र्याउने भएको छ ।

इन्टर मिलानले लुकालुलाई ८० लख युरोमा क्लबमा अनुबन्ध गर्ने भएको हो ।

गत वर्ष पाँच वर्षको सम्झौतामा लुकाकु चेल्सी आएका थिए । उनले पछिल्लो सिजनमा चेल्सीका लागि १५ गोल गरेका थिए । 

लुकाकुले इन्टर मिलानमा आबद्ध हुन आफ्नो तलब पनि घटाउन राजी भएको बिबिसीले जनाएको छ ।

२९ वर्षीय लुकाकु अनुबन्धका लागि पछिल्लो समय सिरी ए क्लब इन्टरले निकै चाँसो देखाएको थियो ।

लुकाकु पनि इन्टर फर्कन चाहिरहेका छन् । उनले यस अघि एक अन्तर्वार्तामा इन्टर फर्कन चाहेको अभिव्यक्ति दिएका थिए ।