close

फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्दै

फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले बलियो टोली युएईको सामना गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ । नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।  

युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको हो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । 

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । 

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ ।