close

युएइले दियो नेपाललाई ८२ रनको लक्ष्य

युएइले दियो नेपाललाई ८२ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् ।  इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् । यस्तै खुसी शर्मा १२ रनमा आउट भइन् ।  

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै  इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।   

आजको खेल जितेर नेपाल फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।  फाइनल पुग्ने टोली महिला टी-२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।