close

नेपाल सेमिफाइनलबाट बाहिरियो

नेपाल सेमिफाइनलबाट बाहिरियो

Trulli
ADVERTISEMENT

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको छ।

किन्रारा एकेडेमी ओभलमा नेपालको इनिङ्ग्स सकिएलगत्तै  वर्षाले रोकिएको थियो। फाइनल प्रवेशका लागि नेपालले ८२ रनको लक्ष्य पाएको थियो।

तर नेपालले वर्षाका कारण ब्याटिङ गर्न पाएन। युएई यसअघि समूहमा अपराजित थियो। समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो। 

यो खेलमा नेपालले युएईलाई हराएको अवस्थामा एसिया कप खेल्न पाउने थियो । तर पूरा खेल खेल्नै नपाई सेमिफाइनलमा समेटिएको हो । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि टुङ्गिएको छ ।