close

श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

Trulli
ADVERTISEMENT

घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ ।

कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो । तर, पाँच खेलको सिरिज अष्ट्रेलियाले ३–२ ले गुमाएको छ ।

श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलिया जितमा विकेटकिपर एलेक्स केरी सर्वाधिक ४५ रनमा अविजित रहे । यस्तै, मार्नस लाबुसेनले ३१, क्यामरुन ग्रीनले अविजित २५, मिचेल मार्शले २४, ग्लेन म्याक्सवेलले १६ र डेविड वार्नरले १० रन बनाए ।

श्रीलंकाका दिनुथले ३ तथा महिस थिकसनाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।

श्रीलंकाका चामिका करुणारत्नेले सर्वाधिक ७५ रनको योगदान दिए । कुशल मेन्डिसले २६ र चरिथ असंलकाले १४ रन जोडे ।

अष्ट्रेलियाका जोश हाजलउड, म्याथ्यु र पाट कुमिन्सले २/२ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा दुई विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो खेलमा २६ रन, तेस्रो खेलमा ६ विकेट र चौथो खेलमा ४ रनले पराजित भएको थियो ।