close

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले भदौ १३ देखि २५ सम्म नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)  का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।