close

पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

Trulli
ADVERTISEMENT

पोखरामा शनिबार साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जितेका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहेकी शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरिन् । 

खेलाडीले पछिल्लो एक वर्षका अवधिमा खेलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनलाई आधार मानेर विजेता घोषणा गरिएको मञ्चले जनाएको छ । शाहीले आफूसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाललाई पछि पार्दै दोस्रो पटक स्पोर्ट्स अवार्डको उपाधि जितेकी हुन् ।

यसैगरी टेनिसका खड्काले पुरुषतर्फ मनोनयनमा परेका ब्याडमिन्टनका विधान अधिकारी र  कराँतेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उनले पनि उपाधिसहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । 

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भए । उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हासिल गरे । उत्कृष्ट प्रशिक्षक टेनिसका नीरज थापा, उत्कृष्ट खेल सङ्घको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गरे ।