close

ओन्टारियो विरुद्ध नेपालको दोस्रो जित

ओन्टारियो विरुद्ध नेपालको दोस्रो जित

Trulli
ADVERTISEMENT

आइसिसी विश्वकप लिग-२ अन्तर्गको सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा दोस्रो जित हात पारेको छ ।

गएराति भएको टी-२०मा नेपालले स्थानीय ओन्टारियोलाई ५५ रनले हरायो । नेपालले यसअघि गत शुक्रबार पनि ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २०९ रन जोड्यो । नेपालका लागि रोहितकुमकार पौडेलले ३१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै नटआउट ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे ।

ओपनिङमा आएका पवन सराफले ३७ रन जोड्दा कुशल भुर्तेल २ रनमै आउट भए । देव खनालले २० रन जोडे भने आदिल अन्सारीले नटआउट १० रन बनाए । 

२१० रनको लक्ष्य पछ्याएको ओन्टारियो ३ बल खेल्न बाँकी छदा १५४ रनमा अलआउट भयो ।

उसका लागि बरुण शेहदेवले ५० रन जोडे भने नरेश बुढाऐरले ४१ रनको योगदान गरे । बुढाऐर नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी  हुन् । उनी हाल क्यानडामा बस्दै आएका छन् ।

बलिङमा नेपालका सोमपाल कामीले २ विकेट लिए । करण केसी, किशोर महतो र आदिल अन्सारीले एक एक विकेट लिए । 

नेपालले अब क्यानाडासँग दुई एकदिवसीय खेल खेल्नेछ ।  

त्यसपछि नेपाली टिम स्कटल्यान्ड जानेछ । त्यहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ ।