close

न्यु जेनिथ र ग्रान्डी बने ऋत कप च्याम्पियन

न्यु जेनिथ र ग्रान्डी बने ऋत कप च्याम्पियन

Trulli
ADVERTISEMENT

न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । न्यु जेनिथ ब्वाइज तथा ग्रान्डी गर्ल्समा च्याम्पियन बने ।

बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित गर्‍यो । न्यु जेनिथको जितमा सुसन मगरले ७ अंक योगदान गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४–१२ ले हराउदै तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा समिरा घिसिङको ४ अंक सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११–५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८–५ को जित दर्ता गर्दै तेस्रो स्थानमा रह्यो ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सिइओ सिद्धार्थ लामाले जनाएका छन् । ऋतमा विज्ञान, मानविकी, कानून, व्यवस्थापन र ललित कलाको पढाइ हुन्छ ।