close

राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु, जानकीलाई दुई स्वर्ण

राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु, जानकीलाई दुई स्वर्ण

Trulli
ADVERTISEMENT

पोखरामा बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय छात्र-छात्रा रनिङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।

छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पूरा गर्दै कास्य पदक हात पारिन् ।

यस्तै ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पूरा गरी स्वर्ण जिते भने कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पूर गरी रजत र लमजुङका विकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पूरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।

यस्तै १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पूरा गरी रजत पदक जितिन् भने नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पूरा गरी कास्य पदक जित्न सफल भएका छन् ।

छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पूरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पूरा गरी रजत र कास्कीका बिबेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पूरा गरी कास्य पदकमा चित्त बुझाए ।

यस्तै १०० मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेतले स्वर्ण पदक जितेका छन् । आफ्ना १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पूरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फ नै १२.०३ सेकेण्डमा दौड पुरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले कास्य पदक प्राप्त गर्न सफल भए ।

छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पूरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पूरा गरी कास्य पदक हात पारिन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् ।