close

डी मारिया युभेन्ट्समा अनुबन्धित

डी मारिया युभेन्ट्समा अनुबन्धित

Trulli
ADVERTISEMENT

अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । 

सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन् । ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।

डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए । पीएसजीका लागि उनले २९४ खेलमा ९१ गोल गरेका छन् ।