close

नेपाल नामिबियासँग पराजित

नेपाल नामिबियासँग पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ।

स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पाएको नेपालले ३७ ओभर ५ बलमा १३६ रन जोड्दा अलआउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।  यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए ।

रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे । आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १/१ रन जोडे । कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १९९ रन बनाएको थियो ।

यससँगै  नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज स्कटल्याण्डविरुद्ध खेल्दैछ ।