close

क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पद छाडेको जानकारी गरेका हुन् ।

गएको मङ्सिरमा क्यानले खुला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रूपमा रहेका थिए ।