close

बेल्जियमलाई हराउँदै स्वीडेन सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्वीडेन सेमिफाइनलमा

Trulli
ADVERTISEMENT

स्वीडेन महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत शुक्रबार भएको खेलमा स्वीडेनले बेल्जियमलाई १–० गोल अन्तरले हराएको हो ।

खेलको दोस्रो हाफको इन्ज्युरी समयमा लिन्डा सेम्ब्रान्टले गरेको गोल नै स्वीडेनको जितमा  निर्णायक बन्यो । 

यससँगै स्वीडेनले अब फाइनल प्रवेशका लागि इंग्ल्याण्डको सामना गर्नेछ । 

अष्ट्रियालाई २–० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुगेको हो ।