close

४-० को जित निकाल्दै इङ्ल्याण्ड फाइनल प्रवेश

४-० को जित निकाल्दै इङ्ल्याण्ड फाइनल प्रवेश

Trulli
ADVERTISEMENT

आयोजक इङ्ल्याण्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो ।

इङ्ल्याण्डलाई जित दिलाउन बेथ मेड, लुसी ब्रोन्ज, अलिसा रुस्सो र फ्रान किर्बीले एक-एक गोल गरिन् ।

इङ्ल्याण्ड सन् २००९ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनल पुगेको हो ।

इङ्ल्याण्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।