close

साफ यू-२० : नेपाल र श्रीलंकाबीचको खेल आज

साफ यू-२० : नेपाल र श्रीलंकाबीचको खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार साँझ ७:१५ बजेपछि सुरु हुनेछ । 

नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

तर, श्रीलंकाविरुद्ध नेपाललाई जित  निकाल्न सहज भने छैन । यता नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । सहभागी ५ टोलीको राउन्ड रोविनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल साउन २० गते हुनेछ ।