close

लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा

लगातार दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुष घलानले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङा रंगशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लियो । नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । 

जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसँगै श्रीलंका बिना अंक पुछारमा छ । बुधबार भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २-१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकालेको थियो ।