काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो टि-२० आई प्रतियोगितामा आयरल्यान्डलाई २१ रनले पराजित गरेको छ । योसँगै दुई टि-२० आई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।
जितको लागि २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो ।
त्यसअघि काउन्ट्री ग्राउन्ड ब्रिस्टोलमा टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
दोस्रो खेल शुक्रबार हुनेछ ।