close

पाँचौं बीआईबी कप सोमबारदेखि

पाँचौं बीआईबी कप सोमबारदेखि

Trulli
ADVERTISEMENT

काठमाडौं । बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

ब्वाइजमा १३ तथा गर्ल्स १२ टिमको सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गारए ।

ब्वाइजमा टीआईए तथा गर्ल्स रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै सहभागी छैनन् ।