close

इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा आर्सनल विजयी

इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा आर्सनल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२ को उद्घाटन खेलमा आर्सनलले  विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको हो । 

प्यालेसको मैदान सेलहर्स्ट पार्कमा आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले खेलको २० औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता लिए ।

खेल सकिन ५ मिनेट बाँकी हुँदा आर्सनल अग्रता दोब्बर पार्न सफल भयो । बुकायो साकाको क्रस मार्क गुएहिको आत्मघाती गोल गरेपछि पाहुना टोली आर्सनलले २-० गोलअन्तरले जित दर्ता गरेको हो । 

यस जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ ।