काठमाडौं । रियल म्याड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ।
फिनल्यान्डस्थित हेलसिंकीमा बुधबार राति सम्पन्न खेलमा रियलले आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गरेको हो।
रियलका लागि डेविड अलाबा र करिम बेन्जेमाले १/१ गोल गरे। ३७औं मिनेटमा क्यासेमिरोले दिएको हाइ बललाई अलाबाले हेडरमार्फत् सहजै गोल गरेका थिए।
६५औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे। यससँगै रियलले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ। तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन्।