close

जीतसहित बायर्न म्युनिख शीर्षस्थानमा उक्लियो

जीतसहित बायर्न म्युनिख शीर्षस्थानमा उक्लियो

Trulli
ADVERTISEMENT

काठमाडौं । जर्मन बुन्डेसलिगाअन्तर्गत एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलमा बायर्न म्युनिखले लगातार दोस्रो जीत दर्ता गरेको छ ।

घरेलु मैदानमा बायर्नले वल्फवर्गलाई २–० ले पराजीत गर्दै लगातार दोस्रो जीत निकालेको हो । यसअघि बायर्नले पहिलो खेलमा आइनट्राख्ट फ्रान्कफुर्टलाई पराजीत गरेको थियो ।

बायर्नको सहज जीतमा जमल मुसिएला र थोमस मुलरले गोल गरे । खेलको ३३औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए । पहिलो गोलको लागि असिस्ट दिएका मुलरे ४४औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । 

यो जीतसँगै बायर्न २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।