close

राष्ट्रिय बास्केटबल प्रतियोगितामा आर्मीको जीत

राष्ट्रिय बास्केटबल प्रतियोगितामा आर्मीको जीत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अङ्कले पराजित गर्‍यो । जीतसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो ।

आर्मीका लागि आयुश सिंहले ४४ अङ्क जोडे । पहिलो क्वार्टरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वार्टरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर गर्‍यो ।