close

आधा दर्जन गोल हुँदा बार्सिलोना र म्यानचेस्टर सिटी बराबरीमा रोकियो

आधा दर्जन गोल हुँदा बार्सिलोना र म्यानचेस्टर सिटी बराबरीमा रोकियो

Trulli
ADVERTISEMENT

काठमाडौं । क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै पछि पर्नुका बावजुत बार्सिलोनाले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । 

घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे ।