close

केन्याविरुद्ध नेपालको सानदार जित

केन्याविरुद्ध नेपालको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा केन्यालाई पराजित गरेको छ । केन्या नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा भएको खेलमा नेपाल ५ विकेटले विजय भएको हो । १३१ रनको मध्यम लक्ष्य पाएको नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २४ बलमा सर्वाधिक ३३ रन बनाए । ज्ञानेन्द्र मल्लले ३० २३ रनमा आउट भए ।

ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा आउट भए । आरिफ शेख १५ बलमा २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे ।

केन्याका विराज पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । लुकास ओलुओले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । 

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे । यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए ।

राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

जितसँगै पाँच खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ ।