close

नेपालले केन्याविरुद्धको खेलमा ब्याटिङ गर्दै

नेपालले केन्याविरुद्धको खेलमा ब्याटिङ गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले केन्याविरुद्धको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सुरुवातमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले नेपालले  ब्याटिङ रोजेको हो ।

घरेलु टोली नेपालविरुद्ध सुरुआतमा फिल्डिङ गरिरहेको छ । आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। आरिफ शेख र शाहब आलमको स्थानमा विवेक यादव र वसिर अहमदले मौका पाएका छन् ।


यसअघि ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।