close

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सुपर-४ मा

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सुपर-४ मा

Trulli
ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानले एसिया कपमा लगातार दोस्रो जित हासिल गर्दै  सुपर–४ मा प्रवेश गरेको छ । 

अफगानिस्तानले मंगलबार राति बंगलादेशमाथि ७ विकेटको प्रभावशाली विजय हासिल गरेको हो । शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । 

अफगानिस्तानले यसअघि श्रीलंकालाई हराएको थियो । अब श्रीलंका र बंगलादेशबीद्बको विजेता टिम सुपर फोरमा पुग्नेछ । एसिया कपमा आज समूह ‘ए’का हङकङ र भारतले प्रतिस्पर्धा गर्दैछन् ।