close

एसिया कपमा भारतको लागातार दोस्रो जित

एसिया कपमा भारतको लागातार दोस्रो जित

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतले हङकङलाई हराउँदै टि-२० एसिया कपको सुपर फोरमा स्थान बनाएको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जितको लागि १९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनायो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । भारतका विराट कोहली ४४ बलमा १ चौका र ३ छक्कासहित ५९ रनमा अविजित रहे । सूर्यकुमार यादव २६ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि कोहली र सूर्यकुमारले ४२ बलमा ९८ रनको अविजित साझेदारी गरेका थिए । पहिलो विकेटका लागि रोहित शर्मा र लोकेश राहुलले ३१ बलमा ३८ रनको साझेदारी गरेका थिए ।

समूह बी को अन्तिम खेलमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।